Connect with us
Kapilvast Forest

नेपाली महिला टोलीले उत्तराखण्डसँग खेल्ने सिरिज स्थगित

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले यसै महिना भारतको उत्तराखण्ड महिला क्रिकेट टोलीसँग खेल्ने भनिएको टि२० आई र एकदिवसिय मैत्रीपूर्ण सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उत्तराखण्ड क्रिकेट एसोसियसनले भारतमा बढ्दो कोभिड१९ कारण तत्काल खेल्न नसकिने जनाएको छ । गत चैत २९ मा क्यानको बोर्ड बैठकले महिला टोलीले अप्रिल तेस्रो हप्तादेखि उत्तर खण्ड महिला क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको जनाएको थियो । नेपाली महिला क्रिकेट टोली गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

उक्त बोर्ड बैठकले जगत टमटालाई महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । महिला टोलीले गत पुषमा दाङको लमहीमा प्रधानमन्त्री कपमा राष्ट्रिय टि२० महिला क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यस्तै गत चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोेगिता खेलेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu