मुम्बई दिल्लीसँग पराजित
एजेन्सी- इन्डियन प्रिमियर लिग आईपीएलको साविक विजेता मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।
गए राति भएको खेलमा दिल्लीले साविक विजेता मुम्बईलाई ६ विकेटले पराजित गराएको हो ।
मुम्बईले दिल्लीलाई जितका लागि १३८ रनको लक्ष्य दिएको थियो भने दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको हो ।
४ खेल खेलेको दिल्ली ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
समान ४ खेल खेलेको मुम्बई भने २ जित र २ हारसहित अंकतालिकाको चौथो स्थानमा छ ।