Connect with us
Kapilvast Forest

पाकिस्तानमा होटलमा बिस्फोट, ४ जनाको मृत्यु,११ जना घाइते

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

एजेन्सी । पाकिस्तानको क्वेटा शहरमा रहेको एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

क्वेटा शहरमा रहेको निकै चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको हो । सेरेना होटलमा उच्च सरकारी अधिकारीहरुको बढी आवागमन हुन्छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विष्फोटपछि आगोको ठूलो लप्का निकै माथिसम्म पुगेको देखिन्छ ।

विष्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक पर्छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।

बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ । त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले बताएका छन् ।

यद्यपि चिनियाँ राजदूत नोङ्ग रोङ्ग क्वेटा शहरमा रहे पनि सो होटलमा भने नभएको बिबिसीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu