Connect with us
Kapilvast Forest

ओलीले गठन गरेको स्थायी कमिटीमा नेपाल समूहका नेता परेनन्

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गर्नु भएको छ ।स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गर्नु भएको छैन ।

स्थायी किमटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहनुभएको छ ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।बिहीबार नै नेता माधवकुमार नेपालसँग पनि ओलीले छलफल गर्नु भएको थियो । तर नेपालले ओलीसँगको वार्तापछि सहमतिको कुनै संकेत नदेखेको बताउनुभएको थियो

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu