काठमाडौं-नेता शेरबहादुर तामाङले नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी पाउनुभएको छ । बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
तामाङ पूर्वकानुनमन्त्री हो । खनाल–समूहमा रहेका तामाङ ओलीनिकट हुन पुग्नुभएको थियो ।