Connect with us
Kapilvast Forest

एमाले बैठकः के के भए निर्णय

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । निजहरु प्रदेशसभा सदस्य नरहेको जानकारी प्रदेशसभालाई जानकारी गराइनेछ ।

बैठकले स्थायी कमिटीमा हेरफेर गरी तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि बैठकमा छलफल भएको थियो ।

प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा (माओवादी केन्द्र)बाट प्रवेश गर्नुभएका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ । समानान्तर गतिविधिमा रहेका नेताहरु फर्किएमा जिम्मेवारी दिइने भएको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव ग्रहण गरी एकीकृतरुप दिइएको छ । बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । ती प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ ।

मूल प्रवाहमा फर्कने नेता –कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी एकता र आन्दोलनको रक्षाका लागि वार्ता र सहमतिको पहल भइरहेकाले थप नेतालाई कडा कारबाही गर्नु नपरोस् भन्ने आफूहरुको चाहना रहेको स्पष्ट गर्नु भयो ।

अध्यक्ष ओली र नेता नेपालसँगको पछिल्लो वार्ताबारे सोधिएका प्रश्नमा नेता ज्ञवालीले अध्यक्षका तर्फबाट पहल जारी रहेको र अर्का पक्षबाट पनि त्यस्तै सकारात्मक र एकताको पहलको अपेक्षा गरिएको बताउनुभयो ।

बैठकले कोभिड¬–१९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu