भारतीय प्रधानमन्त्री मोदीद्वारा दुई खर्ब ६० अर्ब बराबरको कोरोना राहत प्याकेज घोषणा
काठमाडौं-दैनिक जसो बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई खर्ब ६० अर्ब बराबरको राहत प्याकेजको घोषणा गर्नु भएको छ ।
प्रधानमन्त्री गरिब कल्याण कोष अन्तर्गत ८० करोड जनतालाई दुई महिनाका लागि निःशुल्क अन्न वितरण गर्ने प्रधानमन्त्री मोदीले घोषणा गर्नु भएको हो । राहत स्वरुप प्रतिव्यक्ति पाँच केजी चामल वितरण गरिने जनाइएको छ।