Connect with us
Kapilvast Forest

कोरोनाका कारण पाथीभरा मन्दिर दर्शनमा रोक

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ ।मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयाे।

मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जाेखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र आजदेखि कडाइका साथ लागू गरिने बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu