Connect with us
Kapilvast Forest

कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्नसक्छ : मन्त्री ज्ञवाली

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं – सरकारले कोरोना भाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निश्कर्ष निकालेको छ ।शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराउनुभएको छ ।

 

बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्ने बताउनुभएको हो ।‘हामीसँग जे अवस्था छ, अहिलेको स्थितिलाई त धान्छ । तर समस्या यही रुपमा अगाडि बढ्दै गयो भने चाहिँ हामीलाई अझ गाह्रो पनि पर्न सक्छ’ उउहाँले भन्नुभयो ।

सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोना भाइरसको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र संक्रमित व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu