Connect with us
Kapilvast Forest

बाणगंगामा हाट बजार बन्द, विद्यालय परीक्षा सकेपछि बन्द हुने

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

badganga

कपिलवस्तु-कोभिड १९ नियन्त्रणको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको आइतबार बसेको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका कुरा समेटेर २४ बुँदे निर्देशन जारी गरेको हो ।

नगरको निर्णय अनुसार वैशाख मसान्तसम्म सम्पूर्ण हाटबजार बन्द हुने छन् भने आजबाट नगरमा विद्यार्थीको परीक्षा सुरु भएकाले परीक्षा सकेर मात्र बन्द गरिने निर्णय गरेको छ ।

परीक्षा चलाउँदा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विद्यालयलहरुलाई निर्देशन दिइएको छ ।
हाट बजारसंगै पार्टी प्यालेस, पनि बन्द हुने छन् भने होटलहरु राति ८ बजेपछि बन्द हुने छन् । यस्तै रंगशालाका खेलकुद पनि नगर्न अनुरोध गरिएको छ ।

२५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम नगनृ आग्रह गरेको छ ।नगरको वैठकको निर्णय उलंघन गर्नेमाथि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्ने निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu