आमाको हत्या गरी फरार रहेको अभियुक्त पक्राउ
कपिलवस्तु –
आमको हत्या गरी फरार रहेको एक अभियुक्त ढेड बर्ष पछि फक्राउ परेका छन । कपिलवस्तु नगरपालिका वार्ड नं ८ दोहनीका २८ बर्षिय को कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन । २०७६ कार्तिक १५ गते आफ्नी आमा बर्ष ५५ की फुलमती कुर्मीसँग घरायसी झै–झगडा हुँदा घाँटी थिची, कुटपीट गरी हत्या गरेका थिए । फरार अभियुक्त बुद्धभुमी नगरपालिका वार्ड नं ५, चौरीमा फेला परेको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले बताए । अभियुक्तका भाई हेमराजले उनी बिरुद्ध किटानी जाहेरी दिएका थिए ।