Connect with us
Kapilvast Forest

शेयर बजार आज पनि राताम्मे, नेप्से २५ सय विन्दुमा झर्‍याे

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं– शेयर बजार परिसूचक नेप्से सोमवार पनि घटेको छ । नेप्से ६५ दशमलव ५८ अङ्कले घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा झरेको हो ।

सोमवार बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको एक सय २७ अङ्कले, जलविद्युतको ९९, फाइनान्सको झण्डै २८ अङ्कले, माइक्रो फाइनान्सको एक सय १२ अङ्कले, उत्पादनको ९५, अन्यको ५४ र लगानी समूहको शेयर झण्डै तीन अङ्कले घटेको छ ।

सोमवार दुई सय २० कम्पनीका एक करोड २९ लाख कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिलायन्स फाइनान्सको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu