Connect with us
Kapilvast Forest

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग, व्यवसाय केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, व्यवसाय केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डाक्टर समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भइ अक्सिजन नपाएर सङ्क्रमितको ज्यान गइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योग, व्यवसाय केही समय बन्द गर्न मन्त्रालयलाई सोमवार(आज) पत्राचार गरिएको जानकारी दिनुभयो ।

पत्रमा ुअक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भइ स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्नु उल्लेख गरिएको छ ।

आइतवार एकै दिन २८ सङ्क्रमितको ज्यान जानुका साथै तीन हजार एक सय २२ नयाँ कोरोना सङ्क्रमित थपिएका थिए । नेपालमा अहिलेसम्म तीन लाख एक सय १९ सङ्क्रमित, दुई लाख ७७ हजार पाँच सय ७३ निको र तीन हजार एक सय ६४ को ज्यान गइसकेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu