Connect with us
Kapilvast Forest

मन्त्री बनेका ४ सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

साकंकेतिक तस्विर

काठमाडौ-लुम्बिनी सरकारमा मन्त्री बनेका चार जना सांसदलाई कारबाही गर्ने जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गरेको छ।

मंगलबार बसेको जसपा पदाधिकारीको बैठकले लुम्बिनी प्रदेश सभाका चार सदस्यलाई कारबाही गर्ने निर्णय गरेको हो। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले ६ वैशाख दिउँसो अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

त्यही साँझ मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। जसपाका सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए।

उनीहरूलाई मन्त्रीबाट राजीनामा दिन जसपा प्रदेश समितिले निर्देशन दिँदै स्पष्टीकरण सोधेको थियो। उनीहरूले राजीनामा नदिएपछि कारबाहीका लागि केन्द्रमा सिफारिश गरेको थियो।

प्रदेश समितिकाे सिफारिशका आधारमा बुधबार जसपा पदाधिकारी बैठकले चारै जनाको सांसद पद खारेज गर्ने निर्णय गरेको हो। त्यसका लागि अब प्रदेशका सभामुखलाई सिफारिश गरिने भएको छ।
हिमाल खबरबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu