आज ४ हजार ८९७ जनामा कोरोना कहाँ कति कोरोना संक्रमित थपिए ?
काठमाडौं-नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबाट ४ हजार ७ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी ९ सय ५५ एन्टिजेन परीक्षणमा १ सय २३ जनामा पोजिटिभ देखिएको छ ।
पीसीआर र एन्टिजेन गरी सङ्क्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । २४ घण्टामा ७ सय७३ जना निको भएका छन् । अस्ति सोमबार देखि आज सम्म सम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५ सय ८० मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
कहाँ कति कोरोना संक्रमित थपिए ?
यस्तै सबैभन्दा बढी काठमाडौँ उपत्यकामा २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।
यस्तै रुपन्देहीमा ४३४ जना, बाँकेमा ३२८ जना, कैलालीमा १९४ जना, कास्कीमा १८२ जना, दाङमा १८० जना, चितवनमा १४७ जना, सुर्खेतमा १३२ जना, मोरङमा १२८ जना र पर्सामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै गोरखामा ६१ जना, धनुषामा ५३ जना, काभ्रेपलाञ्चोकमा ५० जना, सुनसरीमा ४९ जना, कपिलवस्तुमा ४७ जना, बारामा ४१ जना र झापामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी नवलपरासी पश्चिम, पाल्पा, बर्दियामा २८/२८ जना, नुवाकोटमा २५ जना, कञ्चनपुरमा २ जना, रौतहट र सप्तरीमा २३/२ जना, धादिङ र बैतडीमा २२/२२ जना, लम्जुङ र स्याङ्जामा २१/२१ जना, अर्घाखाँचीमा २० जना, नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, महोत्तरी, सिरहा र सिन्धुपाल्चोकमा १७/१७ जना, तनहुँमा १५जना, ताप्लेजुङ र म्याग्दीमा १३ जना, डडेल्धुरामा १२ जना, पर्वतमा ११ जना र सर्लाहीमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै रोल्पामा ९ जना, रामेछाप, सिन्धुली, प्युठान, जाजरकोट र जुम्ला ८/८ जना, दोलखामा ६ जना, रुकुम पुर्व, कालिकोट, दैलेख र सल्यानमा ५/५ जना, मकवानपुरमा ४ जना, इलाम, भोजपुर र रुकुम पश्चिममा ३/३ जना, उदयपुर, खोटाङ, मुगु, अछाम, डोटी र बागलुङमा २/२ जना र ओखलढुंगा, धनकुटा, रसुवा, मुस्ताङ, लम्जुङ, डोल्पा, दार्चुला र बाजुराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३१७ बालबालिका कोरोना संक्रमित भेटिएका हुन् ।