Connect with us
Kapilvast Forest

जसपालाई खुशी पार्न मुद्दा फिर्ता

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ । यसबाट ओली नेतृत्वकोे सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ ।

जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा (१२० जना अभियुुक्त) फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसागै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता साझेदारी गर्ने सम्भावना बढेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी बुधबार दिए ।

सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाईका १५ थान मुद्दा खारेज गरेको हो । सरकारले जसपाको माग सम्बोधन गर्न दुई सातादेखि कानुनी प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता गर्न सकिने मुद्दा र मन्त्रिपरिषद्बाटै फिर्ता गर्न सकिने मुद्दाको लेखाजोखा गरेर सोहीअनुसार फिर्ता लिने निर्णय भएको गृह मन्त्रालय स्रोतले बतायो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu