Connect with us
Kapilvast Forest

डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

एजेन्सी- अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यलयमा छापा मारेको छ ।न्यूयोर्कका पूर्वमेयरसमेत रहेको रुडी जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युमा रहेकाे कार्यालयमा छापा मारिएको हो ।

छापा मार्ने क्रममा विद्युतीय उपकरणसहितका सामग्री जफत गरिएको छ । यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर, तथा उनका पिता जो बाइडेनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिने काममा मुख्य भूमिका खेलेको जुलियानीमाथि आरोप छ ।

युक्रेनी अधिकारीहरूलाई जो बाइडेनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन भइरहेको छ ।

यस्तै गएको वर्षको राष्ट्रपतीय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu