गाई काटेकोअभियोगमा एक जना पक्राउ
भोजपुर-भोजपुर नगरपालिका ६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।आफ्नै घरमा गाई काटेको उजुर पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
सरकारले संविधानमै उल्लेख गरी धर्मलाई समान रुपमा मान्ने भने पनि अझै गाइ काटेको अभियोगमा पक्राउ गरी दुख दिने गरेको भन्दै यस्ता कार्य रोक्न भोजपुरका स्थानीयहरुले माग गरेका छन् । पशु काट्न पाउनु र गाइ काट्न नपाउनुमा कुनै फरक नभएको उनीहरुको तर्क छ ।