Connect with us
Kapilvast Forest

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

coona india

एजेन्सी-भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनसङ्क्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालउले जानकारी दिएको छ ।

एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भएयताकै यो सव भन्दा धेरै भएको समाचारमा जनाइएको छ । मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ ।

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu