Connect with us
Kapilvast Forest

अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

death

अर्घाखाँची-अर्घाखाँचीको जिल्लाको शितगंगा १३ बन्चरे देउरालीको जङ्गलमा एक जनाको शव फेला परेको छ । शितगंगा ४ पुराना गाउँका ६१ बर्षीय दुर्गा बहादुर बिक घरबाट हराएको एक महिना पछि मृत अवस्थामा  फेला परेका हुन् ।

जङ्गलमा गाई हेर्ने गोठालाले शव देखेपछि इलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । जानकारी पाउने बित्तिकै इप्रका ठाडाबाट प्रहरी टोली घटनास्थल पुगेर सबलाई पोष्टमाट्मका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाएको इप्रका ठाडाले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका उनी एक महिना देखि जङ्गलमा बसेको तीन चार स्थानमा ओड्ने बिछ्याउने बिस्तारा सहित प्रहरीले फेला पारेको छ । सव सडिसकेको अवस्थामा फेला परेको थियो । पाँच बर्ष अघि भारतबाट आएपछि उनी भान्जा ईन्द्र बहादुर बिकको घरमा बस्दै आएका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu