देवदहमा यात्रुबस दुर्घटना, २८ जना घाइते
रूपन्देही – काठमाडौदेखि सुर्खेत जाँदै गरेको यात्रुबाहक बस रूपन्देहीको देबदहमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
उच्च गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गरी आफ्नो लेनमा फर्किदै गर्दा अनियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सबै घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।