Connect with us
Kapilvast Forest

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- खानेपानी मन्त्री मणि थापाकाे विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।थापाको सचिवालयका अनुसार शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हाे ।

थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उहाँको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj