एमाले महाधिवेशनः वडा देखि केन्द्रसम्मको कार्यकतालिका यस्तो [विस्तृतमा]
काठमाडाैं-नेकपा एमालेले पार्टीको तहगत अधिवेशनको मिति थय गरेको छ । वैशाख ६, १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णयहरु एमालले सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णयहरु समेत गरी अन्तरपार्टी निर्देशन सार्वजनिक गरेका हुन् । जसअनुसार असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने भनिएको छ ।
एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने अपानिमा उल्लेख छ ।
भदौ ५ गते वडा अधिवेशनको तिथि तोकिएको छ । भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिएको छ ।
असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ । तत्पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने ।मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।
विस्तृत हेर्न तलको लिकं क्लिक गर्नुहोस
https://drive.google.com/file/d/1Vk_bGMl0z20AmAPiMlRM3K__0NrqahGo/view