पत्रकार रोहित सरदानाको कोभिडका कारण मृत्यु
एजेन्सी-भारतको प्रभावशाली टीभी च्यानल आजतकका एंकर तथा वरिष्ठ पत्रकार रोहित सरदानाको शुक्रवार देहावसान भएको छ ।कोभिड पोजिटिभ भएपछि उहाँलाई बिहीवार मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
सरदानाले सन् २००० को दशकको शुरूआतमा कपी एडिटरका रूपमा काम गर्नु भएको थियो । पछि उहाँ जी न्युजमा कार्यकारी सम्पादक तथा एंकर हुनुन्थ्यो । सन् २०१७ देखि उहाँ आजतकमा हुुनुन्थ्यो । उहाँ लोकप्रिय कार्यक्रम दंगल चलाउने गर्नुहुन्थ्यो ।