Connect with us
Kapilvast Forest

हरेक प्रहरी कार्यालयमा आइसोलेसन वार्ड बनाउने

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

corona-hospital-udayapur.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौं –कोरोना भाइरसको दोस्रो लहर ९भेरियन्ट०सँगै फैलिएको संक्रमणलाई मध्यनजर गरेर प्रहरीले हरेक कार्यालयमा अनिवार्य आइसोलेसनको व्यवस्था गर्नु पर्ने निर्देश दिएको छ ।प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई पर्याप्त सावधानी अपनाउन र कार्यालय भित्र आइसोलेसन बनाउन निर्देशन दिएको हो ।

पछिल्लो समयमा संक्रमण फैलिएपछि अस्पतालहरुमा पनि विरामीको चाप भएको र आगामी दिनमा त्यसको अवस्थालाई मध्यनजर गरेर प्रत्येक कार्यालयले आइसोलेसन निमार्ण गर्ने निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताउनुभयो ।

‘संक्रमण फैलिरहेको छ, अस्पतालमा बेडको अभाव छ त्यसैले भेन्टीलेटर नचाहिने विरामीहरुलाई हरेक कार्यालयमा आइसोलेसन निमार्ण गरेका छौं,’ एसएसपी कुँवरले भन्नुु भयो ,‘प्रहरीमा अहिले त्यस्तो डियुटीमा प्रभाव पर्ने हिसाबले कोरोना संक्रमण देखिएको छैन् ।’

प्रहरीले अहिले आफु जोगिँदै अरुलाई पनि सुरक्षा दिन र कोरोना भाइरसको बारेमा जनचेनता फैलाउने कार्यमा लागि परेको प्रवक्ता कुँवरले बताउनुभयो । गतसाता प्रहरीले देशका विभिन्न स्थानमा मास्क बाँड्नेदेखि जनचेतना फैलाउने काम गरेको थियो ।

प्रहरी कर्मचारीलाई अनिवार्यरुपमा स्वास्थ्यमा मापदण्ड सेनिटाइजरको प्रयोग, मास्कको अनिवार्य प्रयोग, भौतिक दुरी कायम गरेर ड्युटी गरिरहेका छन् ।

प्रहरी बुधवार मात्रै देशभर ‘तपाईको मास्क खोइ रु’ कार्यक्रम अन्तरगत लगभग ६७ हजार व्यक्तिलाई मास्क वितरण गरेको छ । भने मास्क नलगाउने ३१ हजार जनालाई १ घण्टा होल्ड र लगभग २० हजार जनालाई सम्झाएर पठाएको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

‘हाम्रो ड्युटीलाई असर पर्ने गरि कोरोना संक्रमण भएको छैन,’ प्रवक्ता कुँवरले भन्नुभयो ,‘अहिले कन्स्ट्याण्ड छ ।’कोरोना भाइरसको संक्रमण भारतमा तीब्र रुपमा फैलिएसँगै नेपाल फर्किने नेपालीहरुलाई सम्बन्धित जिल्लाका स्वास्थ्य निकायसँग समन्वय गरेर एन्टिजेन परीक्षण गर्ने काममा सशस्त्र प्रहरी बल (एपीएफ) खटिएको छ ।

त्यसका अलवा सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएपछि सवारी साधन र गतिविधिहरुलाई कार्यान्वयन गर्न नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।एसपीएफका अनुसार विहिवारसम्म देशभरमा ३० जना सशस्त्रका कर्मचारी सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu