Connect with us
Kapilvast Forest

निषेधाज्ञा लगाउनुकाे पछाडि कुनै राजनीतिक उद्देश्य छैन : उपप्रधानमन्त्री पाेखरेल

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – उपप्रधानमन्त्री तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सरकारले लागू गरेकाे निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएकाे बताउनुभएकाे छ ।

शुक्रवार हामीसँगकाे कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा नागरिककाे स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि भएकाले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गर्नुभयो । अहिले नागरिक आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पोखरेलले बताउनुभयो ।

यसैबीच उहाँले कोरोनाविरुद्ध लड्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पाेखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गर्नुभएको छ ।

कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने उहाँकाे भनाइ छ । अहिले लागू भएको निषेधाज्ञा कोरोना सङ्क्रमणको फैलँदो अवस्थाको ‘चेन ब्रेक’ गर्न भएको उहाँले बताउनुभयो । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न उहाँकाे आग्रह छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu