Connect with us
Kapilvast Forest

विप्लव’का दाई ‘वीरजंग’ चितवन कारागारबाट रिहा

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

चितवन- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहाहुनुभएको छ ।

जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको छ । ‘हाम्रा साथीहरुले उहाँलाई नवलपरासी(सुस्ता पश्चिम)को अदालतमा छाडेर आउनुभयो,’ जेलर काफ्लेले भन्नुभयो ।

पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेका वीरजंग अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख जेलर काफ्लेले बताएनुभयो ।स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो । अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो । जेलर काफ्लेका अनुसार वीरजंगलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो ।

बम विस्फोटको मुद्दामा कारागार चलान भएका वीरजंग सामान्य अन्य कैदीसरह नै बसेको र सामान्य व्यवहार गरेको जेलर काफ्लेले बताउनुभयो। ‘उहाँले जाने बेलामा धन्यवाद नै दिएर जानुभयो, बीचमा विप्लव पनि भेट्न आउनुभएको थियो,’ जेलर काफ्लेले भन्नुभयो , ‘हामीले सामान्य ढंगले नै नियमअनुसार राखेका थियौं ।’

यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।

सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ । विप्लव समूह धरौटी नबुझाइ रिहा गर्नुपर्ने अडानमा थियो । तर सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै नेता माइला लामा धरौटी बुझाएर विहीबार रिहा हुनुुएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu