Connect with us
Kapilvast Forest

नून बोक्ने एम्बुलेन्सले बिरामी बोक्न मानेन, ड्राइभर भन्छन्, ‘हाकिमले जान दिएनन्’

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

रोल्पाको गंगादेव गाउँपालिकाको नून बोक्न प्रयोग हुँदै आएको एम्बुलेन्स बिरामी बोक्न बोलाउँदा पनि लिन नगएको स्थानीयले गुनासो गरेका छन्।

स्थानीय कोमल वलीले गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सका चालक इन्द्रबहादुर वलीलाई पटक–पटक फोन गर्दा समेत बिरामी लिन नआएको बताए।

बिरामी श्रीमती र आफू उपचार गर्न सल्यानको श्रीनगर जान चालक वलीलाई बारम्बार ताकेता गरेपनि एम्बुलेन्स नआएको उनको आरोप छ। गाउँपालिका उपाध्यक्ष रिता घर्तीमार्फत् एम्बुलेन्स पठाउने बाचा त भयो तर पनि एम्बुलेन्स आउदै–आएन।

कोमलले फोन गर्दा एम्बुलेन्स चालक पाखापानी पुगेका थिए। श्रीमतीसहित आफू पनि बिरामी भएको जानकारी दिएका उनले तत्कालै अस्पताल जानुपर्ने बाध्यात्मक परिस्थिति एम्बुलेन्स चालकलाई सुनाएका थिए।

चालकले सुरुमा आउन नसक्ने भन्दै आनाकानी गरेँ। कोमलले गरेको दोस्रो फोनमा उनले एक घण्टाभित्रै आइपुग्छु भन्दै कुराए तर, आएनन्।

बिरामी श्रीमतीसहित उनी घरबाट एम्बुलेन्स चढ्ने ठाउँका लागि हिँडिसकेका थिए। एकैछिनमा चालक वलीले फोन गरेर भने, ‘म आउन सक्दिनँ है ! आउन मिलेन। हाकिम सापले नजान भन्नुभएको छ।

श्रीमती लिएर उपचार गर्न हिँडेका उनलाई तनाव भयो– अब कसरी जाने? बाटोमा एम्बुलेन्स कुरिरहेका उनले गाउँपालिकाले मानवीय स्वास्थ्यजस्तो समवेदनशील विषयमा नागरिकमाथि घृणित कार्य गरेको गुनासो सुनाए।

कोमलले गाउँपालिकाको एम्बुलेन्स नआउने भएपछि केही घण्टाको कुरेर सल्यानको बाघचौरबाट बोलाएर त्यो एम्बुलेन्समा अस्पताल गएका थिए।

रोल्पाको गंगादेव गाउँपालिकाका एम्बुलेन्स चालक इन्द्रबहादुरले भने स्वास्थ्य शाखा प्रमुख त्रिभुवन जिएमको निर्देशनअनुसार आफू बिरामीलाई लिएर श्रीनगर अस्पताल नगएको स्वीकार गरे। उनले भने, ‘म आफैँलाई उतिसाह्रो सञ्चो थिएन तर पनि अस्पताल जान अनुमति माग्दा हाकिम सापले नजान भन्नुभो। अनि गइनँ।’

कोरोना महामारीबीच गाउँपालिकाले आफ्ना नागरिकलाई एम्बुलेन्स बञ्चित गर्ने स्वास्थ्य शाखा प्रमुखको उद्देश्यप्रति आफू अञ्जान रहेको पीडित कोमलले बताए।

‘मैले बिरामी श्रीमती र म आफैँ पनि बिरामी भएकोले एम्बुलेन्स बोलाएको हुँ। मलाई एम्बुलेन्सबाट बञ्चित गरियो,’ उनले भने, ‘यसको स्पष्ट जवाफ स्वास्थ्य शाखा प्रमुख त्रिभुवनले दिनुपर्छ। योभन्दा आकस्मिक परिस्थिति के हुन सक्छ मेरालागि।’

गंगादेव गाउँपालिकाको एम्बुलेन्सले नून बोक्ने, घरेलु सामान ओसार्ने तर बिरामी नबोकेको पछिल्लो घटनाले लज्जित र आक्रोशित बनाएको स्थानीय युवाले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu