Connect with us
Kapilvast Forest

१५ वर्षअघि हराएकाे हेलिकाेप्टर र मानवअवशेष भेटियाे

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरी हिमालको बेस क्याम्पमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा शवसहित हेलिकप्टर फेला पारेको हो।

बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव फेला पारेको सेनाले जनाएको छ। उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको थियो। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार हिमाल सफाइ अभियानका क्रममा सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको जानकारी दिनु भयो ।

ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि नखुलेको सेनाले जनाएको छ। हेलिकप्टरको अवशेष बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको रहेलिकप्टरभन्दा केही टाढा शव फेला परेको सेनाले जनाएको छ। र ती शवको पहिचान नभएको पौडेलले जानकारी दिए। मृतकहरुको पहिचान नखुलेकोले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जानकारी दिएको छ।

उक्त मानव अवशेषहरु व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया समेत सुरु गरिएको सेनाले जनाएको छ। सेनाले सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu