Connect with us
Kapilvast Forest

विद्युत कर्मचारी कुटपिट गर्नेलाई कार्वाहीको माग, दुई जान पक्राउ

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारीलाई कुटपिट गर्नेलाई कार्वाही गर्ने माग गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ८ पटपरमा विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारी चुहावट नियन्त्रणका लागि जादा कर्मचारी माथी शुक्रवार स्थानीयले आक्रमण गरि कुटपिट गरेका थिए ।
पटपरमा रहेको मनकामना इटा उद्योगका संचालकले कर्मचारीलाई कुटपिट गरेका हुन । मनकामना इटा उद्योगले रु २ लाख १९ हजार भन्दा बढि रकम भुक्तान गर्न बाकी रहेकोले लाइन काटिएको थोयो । उक्त इट्टा उद्योगले लाइन हुकिङ्ग गरि चोरेर विद्युत प्रयोग गर्दै आएको आवस्थामा विद्युत कर्मचारी पुगेपछी कुटपिट भएको हो । इटा उद्योगले विद्युत चोरी गरि मोटर चलाउदै आएको विद्युत कर्मचारीहरुले उक्त मोटर ल्याउन लाग्दा इटा सन्चालकले कर्मचारीलाई कुटपिट गरेका हुन । इटा मालिक सुशील कुमार शुक्ला, आनन्द कुमार शुक्ला र उनका भाई, भतिजहरुले कर्मचारीहरुलाई कुटपिट गरेको विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत कर्मचारीहरु कोशलराज चौधरी, भुपेन्द्र चौधरी, उमेश कुमार शाह, सरोज थारु र मथुरा प्रसाद चौधरीलाई कुटपिट गरिएको विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले जानकारी दिनु भयो ।
विद्युत कर्मचारी माथी हातपात गर्ने शुक्लालाई हदैसम्मको कार्वाहि गर्न माग गरिएको खानले बताउनु भयो । इटा उद्योग सन्चालकको कुटपिटबाट सरोज थारु र मथुरा प्रसाद चौधरीको कानबाट मुख्बाट रगत आएकोले दोषिलाई कार्वाही गर्न माग गरेको प्रमुख खानले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, नेपाल विद्युत प्राधिकरण प्रादेशिक वितरण कार्यालय बुटवल र वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र लेख्दै कुटपिट गर्नेलाई कार्वाहीको माग गरेको कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले जानकारी दिनु भयो ।
दुई जान पक्राउ ।।
कुटपिट गर्ने मध्ये दुई जना पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका ८ पटपरका सुशील कुमार शुक्ला र आनन्द कुमार शुक्ला रहेका छन । उनिहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।