Connect with us
Kapilvast Forest

बुटवलमा थप दुई जना संक्रमितको मृत्यु

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

corona-hospital-butwal

रुपन्देही-शनिवार बिहान प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नवलपरासीका एक जना र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।बिष्णु गौतमले बताए ।

नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ भने रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो ।

वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए ।यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu