निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा
काठमाडौं – बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो ।
प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनु भयो ।
प्रजिअ पराजुलीले भन्नु भयो आइतबारबाट निषेधाज्ञामा अझै कडाइ गर्दै लगिनेछ ।’यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ । निषेधाज्ञा पालना भए नभएको निरीक्षण गरिएको पराजुलीले बताए । यस्तै टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।