Connect with us
Kapilvast Forest

रुकुम कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

रुकुम (पूर्व)-रुकुम पश्चिमको कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी राखिएको छ। २० पुरुष र ५ महिलाको क्षमताको कारागारमा १ सय ४७ कैदीबन्दी छन्।

अहिले रुकुम कारागार १ सय ३० पुरुष, १४ महिला र ३ नाबालक छन् । भौतिक संरचनाको अभावमा एउटै कोठामा २० देखि २५ कैदीबन्दी खाँदिएर बस्न बाध्य छन्। विद्युत्, खानेपानी, शौचालयलगायतको समस्या लामो समयदेखि छ। ‘कैदीबन्दी धेरै छन्,’ कारागारका जेलर पुनाराम पौडेलले भने, ‘सीमित भौतिक संरचनाले थेग्न सक्ने अवस्थै छैन ।’

कैदीबन्दीहरूको सामान्य आवश्यकता पूरा गर्न पनि मुस्किल भएको उहाँले गुनासो गर्नु भयो । उहाँका अनुसार कारागारको पुरुष ब्लकमा ८ र म।हिला ब्लकमा एउटा मात्र कोठा रहेको छ। ठाउँको अभावमा एउटै कोठामा धेरै जना कोचिएर सुत्नुपर्ने बाध्यता रहेको जेलर पौडेलले बताउनु भयो । ‘बेलुका जता फर्किएर सुत्छन्, बिहान अर्कोपट्टि फर्किन नपाई उठ्छन्,’ उहाँले भन्नु भयो , ‘साँघुरो संरचनामा भएकाले वैकल्पिक व्यवस्था गर्न सकिएको छैन ।’

आधारभूत आवश्यकता पूरा नहुँदा आफूहरूको मानव अधिकार उल्लंघन भइरहेको कैदीबन्दीको गुनासो छ । ‘अन्जानमा भएको गल्तीले कैद भुक्तान गरिरहेका हामीहरू कारागारमा सुध्रिनेभन्दा पनि मानसिक तनावमा जाने खतरा छ,’ एक कैदीले भने, ‘कारागार प्रशासनलगायत निकायलाई पटकपटक जानकारी गरायौं तर बेवास्ता भयो ।’

रुकुमपूर्वमा कारागार नहुँदा दुवै जिल्लाका कैदीबन्दीलाई मुसीकोट कारागारमा राख्ने गरिएको छ । विभिन्न कसुर र अभियोगमा कारागार चलान हुनेको संख्या दिनदिनै बढे पनि ३१ वर्षअघि स्थापना गरिएको कारागारको क्षमता बढाउन कसैको ध्यान नगएको स्थानीय अगुवा गोविन्द केसीले बताउाु भयो  । गत वर्ष कर्णाली प्रदेश सरकारले कारागार भवन निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरे पनि कार्यान्वयन नहुँदा कैदीबन्दी सास्ती भोग्न बाध्य छन्।

कारागारको स्तरोन्नतिका लागि बजेट र कार्ययोजना नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनु भयो  । ‘कारागारको समस्याबारे कारागार व्यवस्थापन विभाग र कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा लेखी पठाइएको छ,’ उहाँले भन्नु भयो , ‘तर अहिलेसम्म कतैबाट पनि सुनुवाइ भएको छैन ।’ कैदीबन्दीलाई बेलाबेलामा अन्य जिल्लाका कारागारमा सरुवा गरिए पनि चाप अझै नघटेको उहाँले बताउनु भयो  ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu