Connect with us
Kapilvast Forest

दाङमा कारभित्र मृत फेला परेका तीन बालकको खुल्यो पहिचान

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

 

दाङ-तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेडको कारमा मृत अवस्थामा फेला परेको तीनजना बालकाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत फेला परेका बालकहरु तुलसीपुर–६ बरुवागाउँका भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बैशाख १६ गते कार्यालयमा दुईजना बालक हराएको भन्ने निवेदन परेको थियो। ‘१६ गते हामीकहाँ २ जना बालक हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भन्नुभयो , ‘अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे। घटनाबारे थप अनुसान्धान भइरहेको छ।’

मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ। तीनजना बालक एउटै कारभित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको विशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ। पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र शनिवार साँझ तीनजना बालक मृत फेला परेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu