बैशाख २१ देखि कपिलवस्तुमा निषेधाज्ञा
कपिलवस्तु-कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो । बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो ।
कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा निषेधाज्ञा जारी भैसकेको छ ।
कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् भने जिल्ला मा कोभिड ११९ को सन्क्रमण ले निधन हुनेको सन्ख्या ४६ पुगेको छ ।