Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा कोरोनाले मृत्यु भएका पुरूषको शव व्यवस्थापन हुन सकेन ​

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

अर्घाखाँची-कोरोना सक्रमणबाट शनिबार बेलुकी मृत्यु भएका अर्घाखाँचीका एक पुरूषको शव अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन। शितगंगा नगरपालिका(५ जुकेना कालीमाटीका ५८ वर्षीय कृष्णप्रसाद बेल्वासेको अस्पताल लाने क्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको थियो।

शव व्यवस्थापन नहुँदा एम्बुलेन्समै राखेर मृतकका आफन्त र छिमेकीले शव कुरिरहेका छन्। सक्रमितको मृत्यु भएपछि मृतकका आफन्त र छिमेकीले वडा कार्यालय तथा नगरपालिकामा जानकारी गराए पनि आफैं व्यवस्थापन गर्नु भनेको स्थानीय चन्द्रमणि बेल्वासेले बताए। शव शितखोला जाडीस्थित सडकमा एम्बुलेन्सभित्र राखेर कुरिरहेको उहाँले बताउनु भयो ।
सडकमा रातभरि लास कुरेर बसिरहेको तर अहिलेसम्म शवको व्यवस्थापन गर्न नसकिएको मृतकका छोरा २३ वर्षीय अंकित बेलवासेले गुनासो गर्नु भयो । कोरोनाबाट मृत्यु भएकाका शव व्यवस्थापन गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ। तर‚ स्थानीय तहले समन्वय नगर्दा समस्या भएको परिवारको गुनासो छ।
रोजगारीको सिलसिलामा भारतको दिल्ली पुगेका कृष्णप्रसाद बैशाख ६ गते घर आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १२ गते प्रादेशिक अस्पताल बुटवलमा पिसिआर जाँच गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि होम क्वारेन्टाइनमा बस्दै आएका उनको श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि चितवन लैजानेक्रममा शितखोला सडकमै मृत्यु भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu