विमला माओवादीमा प्रवेश गरेपछि एमाले बोलायो आकस्मिक बैठक
काठमाडौं-नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिनु भयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिनु भएको थियो । पोखरेलले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठनका दावी पेश गर्नु भएको थियो ।
सो लगत्तै प्रदेशको विशेष अधिवेशन समेत अन्त्य गरेका पोखरेल अल्पमतमा परेका छन् । नेकपाबाट निर्वाचित प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेलले बहुमत गुमाउनु भएको हो ।