Connect with us
Kapilvast Forest

शंकर पोखरेलको सपथ रोक्न ४० सांसदको लिखित माग

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ । उल्लेखनीय छ, सांसद वलीलाई माओवादी केन्द्र रोजेकै कारण अनुशासनको कारवाही हुन नसक्ने देखिन्छ । उहाँ उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बाट निर्वाचित भएका कारण नेकपा खारेज भइसकेको अवस्थामा उहाँ पार्टीमा रहने भन्ने निर्णय गर्न स्वतन्त्र रहन्छिन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताउनुभयो ।

प्रदेश प्रमुखले विधि तथा नियम मिचेर कुनै काम नगर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिनुभयो । आफूहरुले चाँडै नै सरकार बनाउने दावी पेश गर्ने उहाँको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu