बेलौरी नगरमा अत्यावश्यक बाहेकका सेवा पूरै बन्द
कञ्चनपुर – बेलौरी नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सेवाबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेको छ। कोरोना भाइरसको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिका कार्यालय र वडा कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो।
अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै सेवा सोमबारदेखि वैशाख २६ गते सम्मका लागि बन्द गरिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले निशेषाज्ञा जारी गरे पनि नगरपालिकाले कार्यालय सञ्चालन गर्दै आएको थियो। जिल्लाका अन्य स्थानीय तहले भने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू वैशाख २२ गते सम्मका लागि पूर्णरूपमा बन्द गरेका छन्।