राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित
काठमाडौं – १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो , कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ। महामारी कम भएपछि फेरि सुचारु हुने छ।’१२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।