Connect with us
Kapilvast Forest

कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार गठनको विषयमा छलफल हुने

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

congress

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ । नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताएको छ ।

माओवादीले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको जनाउँदै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu