श्रीवास्तव र शाहीले मुख्यमन्त्री पोखरेललाई नै समर्थन गर्ने
बुटवल – लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिनु भएको छ ।सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिनु भएको छ ।
तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताउनु भएको छ । आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको भन्दै उहाँहरुले भन्नु भएको छ ‘माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’
