Connect with us
Kapilvast Forest

गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पौडेल

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गर्नु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त हुनु भएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख पूर्वउपसभामुखसमेतहो ।

गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध रहनु भएको छ । नेकपा एमालेको केन्द्रीय सदस्य उहाँ प्रधानमन्त्री कार्यालयमा विज्ञ सल्लाहकार समूहमै रहनु भएको छ । उहाँ एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव हुनुन्थ्यो ।

‘उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा निरन्तर खटिनुभएकी व्यक्ति हो । महिला आन्दोलनमा उहाँले नेतृत्व नै गर्नुभएको थियो,’ प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भन्नु भयो , ‘पौडेललाई गण्डकी प्रदेश प्रमुख बनाएर प्रधानमन्त्रीले न्याय गर्नुभएको छ ।’

नेकपा विभाजन हुँदा पौडेल ओली समूहमै लाग्नु भएको थियो । उहाँको परिवार नै राजनीतिमा सक्रिय रहेको सांसद अधिकारीले जानकारी दिनु भयो । एमाले गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङका अनुसार पौडेल भूमिगत कालदेखि नै सक्रिय महिला नेतृ हो ।

पौडेल गण्डकी प्रदेशको तेस्रो प्रदेश प्रमुख हो । यसअघि नै प्रदेश प्रमुखको रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसक्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu