लुम्बिनीमा दुई मन्त्रीको पुनर्नियुक्ति, मन्त्रिपरिषद् ७ सदस्यीय
बुटवल -लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति भएको छ ।मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रिमण्डलमा पुनः समावेश गर्नुभएको हो ।
पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाउनु भएको छ ।आज थप गरिएसँगै मन्त्रिमण्डल ७ सदस्यीय भएको छ । हिजो मात्र शंकर पोखरेलले मुख्यमन्त्रीमा पुनर्नियुक्ती गरिएको थियो ।