Connect with us
Kapilvast Forest

बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

corona-test.jpeg

बाजुरा- बाजुरा जिल्ला कारागारका तीन कैदीमा कोरोना संक्रमण पुष्टी भएको छ ।८ कैदीलाई गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा संक्रमण देसिखएको जिल्ला प्रहरी कार्यलयमा प्रहरी प्रमुख मदन महराले जानकारी दिनुभयो ।

संक्रमित तीनै जनालाई कारागार भित्र अलगै आइसोलेशन बनाएर राखिएको छ । बाजुरा कारागारमा २५ जनाको क्षमता भए पनि ५९ जना कैदी राख्दा सबै सँगै सुत्ने गरेका छन् । कारागारमा रहेका अन्य कैदीबन्दीहरूमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको महराले बताउनुभयो ।

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu