Connect with us
Kapilvast Forest

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको स्वास्थ्यमा शनिबार, आइतबारको भन्दा सुधार देखिएको हो।

आइसियूमा उपचार भइरहेकी शाहलाई दिइरहेको अक्सिजनको मात्रा घटाउनुपरेको चिकित्सक जेपी जैसवालले बताउनु भयो ।उहाँका अनुसार कोमललाई अहिले प्रतिमिनेट सातदेखि आठ लिटर अक्सिजन दिइएको छ, यो पहिलेको भन्दा कम हो।

‘उहाँको स्वास्थ्य सुधारतर्फ अघि बढेको छ, पहिले प्रतिमिनेट ९ देखि १० लिटरसम्म अक्सिजन दिनुपरिरहेको थियो, अहिले घटाइएको छ,’ जैसवालले भन्नु भयोकोमललाई बिहीबार प्लाज्मा दिइएको थियो। त्यसयता उहाँको स्वास्थ्य स्थिर थियो। आइतबार बेलुकाबाट भने उहाँको स्वास्थ्यमा क्रमिक सुधार आउँदै गएको डा। जैसवालले बताउनु भयो ।

‘अक्सिजन दिइरहनु परिरहेकाले खतरामुक्त भन्न मिलेन तर उहाँले क्रमिक रुपमा स्वाथ्यलाभ लिइरहनु भएको छ,’ जैसवालले भन्नु भयो ।पूर्वराजपरिवारमध्ये कोमल, पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह वैशाख ७ गते नर्भिक अस्पतालमा भर्ना हुनु भएको थियो ।
पूर्वराजा शाह र अधिराजकुमारी प्रेरणाको स्वास्थ्य भने सामान्य छ। भारतको हरिद्वारबाट फर्केपछि पूर्वराजा(रानीमा कोरोना संक्रमण भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu