Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा निषेधाज्ञा

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

अर्घाखाँची-कोरोना संक्रमित गएपछि अर्घाखाँचीमा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।कोभिड संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको आइतबार बसेको बैठकले वैशाख २० गते (सोमबार) राति १२ बजेदेखि वैशाख ३१ गते (शुक्रबार) राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

महामारीका रुपमा फैलिएको कोेरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तिब्र रुपमा बढेकोले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । यद्यपि औषधि उपचार तथा अत्यावश्यक कामका लागि रोकावट हुने छैन ।

आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रजिअ पौडेलले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu