Connect with us
Kapilvast Forest

राष्ट्रियसभा उपचुनावमा विपक्षी गठबन्धनले देवकोटालाई उठाउने

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

काठमाडौ-नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षले वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार काँग्रेस, माओवादी र नेपाल पक्षको तर्फबाट साझा उम्मेदवार देवाकोटालाई बनाउने निर्णय भएको हो ।

हिजो साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नेपालको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको नेता श्रेष्ठले बताउनुभयो ।

सङ्घीयता विज्ञ देवकोटा एमालेको नेपाल पक्षधर मानिनुहुन्छ । तत्कालीन माओवादीले रामबहादुर थापालाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो । थापा एमाले प्रवेश गरेपछि माओवादीले थापालाइ कारबाही गर्दा वाग्मतीमा राष्ट्रियसभाको एक पद रिक्त छ ।

उक्त पदमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा थापालाई नै उम्मेदवार बनाउने घोषणा गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu