लुम्बिनी प्रदेश एमाले सांसद डाँगीको राजीनामा स्वीकृत
बुटवल -लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको बताउनु भयो । माओवादीमा प्रवेश गरेको भनिएका डाँगी केही दिनयता सम्पर्कमा आउनु भएको थिएन ।
माओवादी सांसद दामा शर्माले डाँगी माओवादी केन्द्रमा आएको र १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बताउनु भयो ।
