अर्घाखाँचीमा कांग्रेसका पुर्व कोषाध्यक्ष कार्कीको निधन
अर्घाखाँची- अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व कोषाध्यक्ष प्रेम बहादुर कार्कीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।सन्धिखर्कको बैंक रोड निवासी ७८ वर्षिय कांग्रेस अर्घाखाँचीका पुर्व कोषाध्यक्ष प्रेम बहादुर कार्कीको बुधवार १२ ३० बजे अर्घाखाँची जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कार्की लामो समय कांग्रेस अर्घाखाँचीका पुर्व कोषाध्यक्ष पदमा हुनुन्थ्यो । उहाँको निधनपछि कांग्रेस जिल्ला का। सभापति शान्ता भण्डारीले एक विज्ञप्ती निकाली दुख प्रकट गर्नुभएको छ ।
कार्की चार दिन अघि कोरोना संक्रमण पुष्टी भएका पुरुष मधुमेहका बिरामी हुनुन्थ्यो । यो सँगै जिल्लामा गत वर्षदेखि हालसम्म कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको छ ।